काठमाडौं । राजधानीको व्यस्त शहर न्यूरोडबाट गत साउन २६ गते एक जना संसदको पर्स लुट्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो हिडिरहेकै बेलामा प्रदेश सांसद भावना सुवेदीको पर्स पाकेटमारले लुटेको थियो ।
नेकपाका नेता झक्कु सवेदीको छोरी समेत रहेकी सांसद भावनाको पर्स लुटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । सांसद सुवेदीको झोलाबाट उनले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटेका थिए । । तर, पक्राउ परेका युवकको साथबाट ती कागजपत्र बरामद भएका छन् कि छैनन् भन्ने बारे प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०७६, ०८ : ००
लेखकबाट थप