प्रहरी प्रशासनविरुद्ध बोले रवि लामिछाने, के छ सार्वजनिक अडियोमा ?

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, १९ : ५३
प्रहरी प्रशासनविरुद्ध बोले रवि लामिछाने, के छ सार्वजनिक अडियोमा ?

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विगत ८ दिनयता प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने प्रहरी प्रशासनविरुद्ध बोलेका छन् । प्हरीलाई छल्दै पत्रकार टेकनारायण भट्टराईले गरेको एक अडियो रेकर्डमा उनले प्रहरीमाथि विभिन्न लान्छता लगाएका छन् । यस्तै उनले घटनाको अनुसन्धान भइरहँदा सहयोग गर्नुको साटो उल्टै आफू निर्दोष रहेको भन्दै अनुसन्धान प्रभावित पार्ने प्रयास पनि उनले गरेका छन् । 
यसअघि श्रीमती निकिता पौडेलको फेसबुकमार्फत स्टाटस लेखेर समर्थकलाई भड्काएका उनको हर्कतको सामाजिक सञ्जालमा पक्ष विपक्षमा टिकाटिप्पणी भइरहेको छ। पछिल्लो समय आर्थिक लेनदेनमा समेत मुछिएपछि उनको सम्पत्ति छानबिन हुनुपर्ने आवाज समेत उठ्न थालेको छ । 
के भने भट्टराईले सार्वजनिक गरेको अडियोमा रविले ?
शालिकरामको भिडियो दानबहादुर मल्लले नदिएको भए सर्वेन्द्रजिले दिनुभयो होला । उहाँले रिपोर्ट गर्ने त सर्वेन्द्रजीलाई हो नि त । मेरो हिसावमा उहाँले दिनुभयो । उहाँले दिनुभयो भने उहाँमाथि किन छानवीन नगर्ने । अनि मैले उहाँको अन्डरमा भएको छानवीनलाई विश्वास गर्नुपर्ने ?

विनाकारण मलाई म्याद थपिरहनु भएको छ । मैले उहाँको इन्भेष्टिगेशन मान्नु पर्ने हो ? के थाहा मलाई त उहाँले मार्न नि सक्नुहुन्छ नि ! किनभने म विरुद्ध नै देखियो नि । अरु त केही देखिएन । होइन भन्नेदेखि म्याद थप्नुपर्ने केही नभएको देखिइहालियो । ‘गाइडेड मेन्टालिटी’ देखियोकि देखिएन ?

सरकारी प्रमाण चोर्ने रणबहादुरजी चाँही मेरो अनुसन्धान गर्ने हाकिम भएर बस्नु भएको छ । अनी उहाँको मातहतमा उहाँको घरभित्र म सुरक्षित छुँ त ?

राम्रो भइरहेको छ यो ? म्याद थपको औचित्य कहिँबाट पुष्टि हुन्छ ? ‘ह्वाइ आइ एम इन्साइड ? ह्वाइ आइ एम विहाइन्ड दी बार ? फर ह्वाट ? ह्वाट डिड दे निड फ्रम मी ?’

मैले यति मात्र माग गरेको छु । अस्मिता र युवराजलाई मैले चिनाइदिएको भन्ने उसको कुरा हो । त्यो न्यायाधीशको प्रश्नको जवाफ एकमिनेटमा सकियो । उसको भिडियो झूट भन्ने त्यही छ । त्यो सबै स्पस्ट भइसकेपछि पनि यसलाई ‘लिंगरिङ’ गर्नुको कारण केहो ? परिवारले हेरिसकेको भिडियो फेरि दिएर सार्वजनिक गर्नुको मतलव के ?

मलाई समाइयो, ल्याइयो ठिक भयो । अस्मितासँग न फोन न कुराकानी न कुनै सम्पर्क छ । अदालतमा पहिलोपटक देख्दा थाहा भयो यो पहिलो पटकको भेट भन्ने ।

हामीले भए तीन मिनेटमा यो रिपोर्ट बनाएर सकिन्थो । तर पुलिसको यति धेरै दिन लाग्ने रहेछ ।

जसले अनुसन्धान गर्ने भिडियो चोरेर वा निकाले दियो त्यो कसले दियो । दानबहादुर जीले दिनुभयो । मसँग त उहाँले सुरक्षित छ भन्नु भएको थियो ।

दिपक बोहोराको बयान बाँकी छ रे अब । उहाँ भरखर पस्नुभयो हेर्नुभयो भने आधा घन्टामा निस्कनु हुन्छ । कल डिटेल भएन रे ? त्यो ल्याउन कति बेर लाग्छ ? इमेल गरेर माग्यो भने पनि पठाइदिन्छ एनसेलले । अब त्यसको नाममा म्याद थप गर्ने तयारी गरिएको छ ।

यहाँ अनुसन्धान भइरहेको छैन । तलका साथीहरुले काम गरिरहनु भएको छ तर अनुसन्धान पूरै ‘गाइडेड’ छ । यसलाई के गरेर फसाउन सकिन्छ भनेर मात्र तयारी गरिएको छ । फेरि म्याद थप्न कसरी सकिन्छ भन्ने भइरहेको छ । जे पनि गर्न सकिन्छ नि यहाँ त । भाग्न खोज्यो भनेर हान्दिएपनि भयो । त्यो छिद्रामा उहाँहरुले खेलिरहनु भएको छ ।

अब मैले के गर्ने ? यदी सरकारको अनुसन्धानको घेरा भित्र रहेको सरकारी कागज श्रव्य दृश्य, मुख्य सामाग्री लगेर बुझाइदिनुभयो । रुकु कार्की भन्ने बहिनी हुनुहुन्छ उहाँको मानहानी पनि भएको छ । उसले लगाएको सबै आरोपहरु गलत छन् । बदलाको भावनाले आत्महत्या गरेर मरेको छ शालिकराम ।

उहाँहरुको अनुसन्धान मरिसकेको मान्छे ल्याए मात्र पूरा हुन्छ । मरेको शालिकरामलाई कहाँबाट ल्याउने ?

कुनै दिन प्रचण्डलाई सलाम गर्थे भन्दैमा दानबहादुरजी जे पनि गर्न पाउँछ ?

आवाजविहीनहरुको आवाज बोल्ने मान्छेलाई सिधै मार्दे भै गो नि त्यस्तो पीर छ भने ।

मैले भनेको छु त्यस्तो कुनै योजना छ भने छातिमा हान्नु हान्न चाँहि छातिमा हान्नु पिठ्युतिर नहान्नु भनेको छुँ ।

मलाई गरिएको व्यवहार राम्रो छ यहाँ । यहाँ जति राम्रो गरेपनि निर्णय नै गलत गर्न खोजियो भने । सबैले मलाई माया गरेका छन् । तर त्यसले म्याटर गरेन । सुमसुम्याएर भिरबाट धकेलेपछि त्यो सुमसुमाइको मजा के भयो ?

के न्याय यही हो त ? समाचार कक्षमा प्रहरीको बुट बज्छ । हत्या र आत्महत्या पुष्टि नै नभइ समाचार कक्षमा प्रवेश गरेर उठाएर ल्याइदियो । त्यसपछि जबरजस्ती उसको प्रहरीलाई ल्याएर जाहेरी हाल्न लगाइयो ।

शालिकरामले मलाई अत्याधिक मायो गर्थ्यो । कसैले उसलाई रविदाइले तेरो बारेमा देखाउँदै छ भनेपछि उ टुट्यो । यही देखाएपछि त म सिद्धिन्छु भन्ने उसलाई भयो । उसले यो विषयमा बुझेन ।

प्रतिक्रिया दिनुहोस