रवि लामिछाने हिरासतमा छँदा किन आए पारस खड्का चितवनमा ?

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, १६ : ०१
रवि लामिछाने हिरासतमा छँदा किन आए पारस खड्का चितवनमा ?

चितवन । पूर्वी चितवनको रत्ननगरमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई विशेष सम्मान तथा उत्प्रेरणा कार्यक्रम गरिएको छ । न्यू क्यापिटल कलेजले खड्कालाई विशेष सम्मान तथा उत्प्रेरणा कार्यक्रम गरेका हो । 
कलेज परिसरमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासगँ विद्यार्थीलाई उप्रेरणसगैँ क्रिकेट समेत खेलेको कलेजका प्रचार्य भुपेन्द्र धितालले जानकारी दिए । 
“शिक्षासगैँ क्रिकेट खेललाई समेत स्थानियस्तरबाट दक्ष खेलाडीहरु उत्पादन गर्न र खेलाडीहरुको सम्मान लागि कार्यक्रम सफल भो उनले भने, पारससगैँ विद्यार्थीहरुले अनुभव आदानप्रदान गर्न पाउदाँ निकै उत्साहित छन् ।”
झण्डै दुई घण्टा कलेज परिसरमा रहेका पारस विद्यार्थीहरुसगँ अनुभव आदानप्रदानसगैँ, सेल्फी खिच्न र क्रिकेट खेल्न मस्त थिए । कलेजको बास्केटबल कोटमा उनले १२ वलमा ब्याटिङ्ग गरेका थिए । उनीसँग खेल खेल्न पाउदाँ विद्यार्थीहरुको उत्साह नै फरक देखिएको थियो । भने कोही विद्यार्थीले पारसको आफ्नो कपडा सहि गराउन व्यस्त थिए र विद्यार्थी विश्वराज आचार्यले पारस खड्का शिर्षकमा कविता बाचन गर्दा पारस निकै अचम्ममा परे । अनि आचार्यलाई सही गराउन लागए कविता आफैसगैँ राखे । 
सो अवसरमा खेलाडी पारस खड्काले पढाईका लागि जहिले पनि ठुलो सोच र सपना बाकेर हिड्नुपर्ने बताए । उनले पढाई त्यागेर आफ्नो ईच्छाको पछि नलाग्न सुझाव दिदै मोडन जमानमा शिक्षा नै सबैभन्दा ठुलो भएको स्पष्ट पारे । साथै उनले शिक्षासगैँ आफुले खेल लगायतका अन्य क्षेत्रमा अब्बल बनाउन अनुशासित हुनु पनि ठुलो आवश्यकता भएको तर्क गरे । 
उनले नेपालमा क्रिकेट खेल जसरी चुनौती सामना गर्दै यहाँ सम्म आएको छ, त्यसै गरि अगाडी बढ्न सबैको एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए । 

प्रतिक्रिया दिनुहोस