प्रधानमन्त्री आज सिंगापुर जाने, कम्तीमा ढेड साता उतै बस्ने

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०७६, ०७ : २७
प्रधानमन्त्री आज सिंगापुर जाने, कम्तीमा ढेड साता उतै बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज दिउँसो सिंगापुर जाने भएका छन् । दिउँसो साढे एक बजे उनी उपचारका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ ।

गत साउन १८ देखि २७ सम्म पनि प्रधानमन्त्री ओली सिंगापुरमै उपचारका लागि पुगेका थिए । अहिले प्रधानमन्त्री कति समय सिंगापुर बस्छन भन्ने विषयमा सचिवालयले केही बताएको छैन ।

तर स्वयं प्रधानमन्त्रीले कम्तीमा ढेड साता सम्म सिंगापुर रहनसक्ने बताएका छन् । १२ वर्ष अगाडी मृगौला प्रत्यारोप गरेका ओलीको त्यसयता नियमित प्रयोग गरिरहेको औषधी अहिले फेरिएको छ । मृगौला प्रत्यारोपण गरेका बिरामीले १० वर्षपछि औषधी परिवर्तन गर्नुपर्ने हुन्छ ।

त्यही अनुसार प्रधानमन्त्रीले विगतमा प्रयोग गर्दै आईरहेको औषधी साउन १८ मा उपचारका लागि सिंगापुर पुगेपछि फेरिएको छ । त्यो औषधीले काम गरे नगरेको विषयमा अहिले परिक्षण भईरहेको छ ।

त्यही कारण पनि प्रधानमन्त्री ओली अहिले सिंगापुर फेरि जान लागेका हुन् । औषधीले यो अवधीमा  काम गरे नगरेको त्यहाँको चिकित्सकहरुले हेर्नेछन् ।

औषधीले काम नगरेमा प्रधानमन्त्रीको पून मृगौला प्रत्यारोपण गर्ने की भन्ने पनि चर्चा चलेको छ । तर उनको सचिवालयले भने पून मृगौला प्रत्यारोपाण गर्ने कुराको खण्डन गदै आईरहेको छ ।

अहिले बिहान पार्टीको बैठक राखेर केही संगठनात्मक कामको टुंगो लगाएर उनी दिउँसो सिंगापुर प्रस्थान गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस