प्रहरीमा जाहेरी दिने तयारी गर्दै रविकी पत्नी

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, १३ : १७
प्रहरीमा जाहेरी दिने तयारी गर्दै रविकी पत्नी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेकी छिन् । पत्रकार रवि लामिछानेको मुद्दामा विद्युतीय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौंमा जाहेरी दर्ता गर्न जादै छु’ निकिताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ । गत बिहीवार पक्राउ परेका उनलाई अदालतले फेरि थप अनुसन्धानका लागि भन्दै पाँच दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
 

प्रतिक्रिया दिनुहोस