रविलाई देखाएर मसानघाटमा सेलाएको प्रतिगमनकारी उठ्दैछ : नेकपा नेता गौतम

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, १० : ५८
रविलाई देखाएर मसानघाटमा सेलाएको प्रतिगमनकारी उठ्दैछ : नेकपा नेता गौतम

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता पुन्य गौतमले परिवर्तनविरुद्ध बोल्नेहरुसँग सबै सचेत हुनुपर्ने बताएका छन । चितवनको भरतपुरमा पुगेर नेता गौतमले सञ्चारकर्मि रवि लामिछानेको समर्थनको नाममा परिवर्तन विरोधि नारा लागेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन ।  

उनले मुलुकमा करौडौ नेपालीको बलमा स्थापित गणतन्त्र, लोकतन्त्र र शिर्ष नेताहरु विरुद्ध नाराजुलुस हुनु दुखद भएको बताए । धमिलो पानीमा माछा मार्ने षड्यन्त्र भईरहेको भन्दै उनले मुलुकको परिवर्तनविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताएका छन । उनले भने ‘रविको नाम देखाएर देशभर आगो बालेर परिवर्तन ठिक छैन भन्ने भ्रम छर्ने प्रयास गरीरहेको छ, यस्ले असफल राष्ट्र बनाउने खेल हुदैछ ।’

आज नेकपा नेतृत्वलाई परेको संकट भोली प्रतिगामिहरुले कांग्रेस विरुद्ध पनि उत्पन्न गराउने चेतावनी दिए । उनले भने ‘कांग्रेसले रगतको आँसु चुहाउने दिन आउनसक्छ, आज नेकपालाई परेको समस्या कांग्रेसलाई पनि पर्नसक्छ ।’

रवि लामिछानेमाथि लागेको आरोपबारे सत्यतथ्य चाँडै पत्ता लगाउनुपर्ने बताएका छन । समर्थनमा उत्रिएको भनिएका रविका प्रतिगमनकारी समर्थकहरुले रवि बाहिर ननिस्कियोस भन्ने चाहने गरेको दाबी गरेका छन । जेलमै बसिरहोस र रविलाई देखाएर देशभर लोकतन्त्र खत्तम भयो भन्दै भ्रम छर्ने काम भईरहेको उनको दावी छ । 

परिवर्तनलाई जोगाउन सवै राजनितिक दल एक हुनुपर्ने बताएका छन । मसानघाटमा सेलाईसकेको प्रतिगमनकारी तत्वहरु लोकतन्त्र विरुद्ध शिर उठाउदै गरेकाले सबै दल, नागरिक एकढिक्का हुनुपर्ने बताएका हुन् ।  

प्रतिक्रिया दिनुहोस