पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १८ : ००
पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक

काठमाडौँ । जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि सिम्रिक एयरलाइन्सका जहाज उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । सुरक्षा खतरा देखिएपछि सिम्रिक एयरलाइन्सका जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो ।
सुरक्षा खतरा देखिएपछि प्राधिकरणले आकाशमा उड्दै गरेको अवस्थामा पनि तत्काल अवतरणको निर्देशन दिन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको पुष्टि गरे । प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ । त्यही क्रममा सिम्रिकको आइतबार र सोमबार जाँच गरिएकोमा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएको हो । सिम्रिक एयरलाइन्स कम्पनीसँग ४ वटा जहाज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस