पत्रकार पुडासैनी आत्महत्या प्रकरण

रवि लामिछानेसँग बयान लिन सुरु, अस्मिताको बयान लिइयो

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १६ : ४०
रवि लामिछानेसँग बयान लिन सुरु, अस्मिताको बयान लिइयो

चितवन । माउन्टेन टेलीभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका आरोपी रवि लामिछाने, युवराज कंडेल र रुकु कार्की अस्मिताको बयान अहिले लिने काम भईरहेको छ । स्रोतका अनुसार अहिलेसम्म अस्मिता कार्किको बयान सकिएको छ भने रवि र युवराजको लिने काम भईरहेको छ ।
बयान सकिएपछि भोलिमात्रै म्याद थप्ने वा नथप्ने निर्णय हुने सम्भावना रहेको बताईएको छ । २४ घण्टालाई १ दिन मान्नुपर्ने भएकाले आज राति १२ बजे पहिलो पटक अदालतबाट दिइएको ५ दिनको समय सकिने छ ।

प्रतिक्रिया दिनुहोस