Safal Khabar - जिम्बावेमाथि आईसीसीको निलम्बन
आइतबार, ०८ भदौ २०७६ (Sunday, 25 August, 2019)
जिम्बावेमाथि आईसीसीको निलम्बन
शुक्रबार, ०३ साउन २०७६, ०९ : ३६
जिम्बावेमाथि आईसीसीको निलम्बन

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो । 

आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ ९क्यान० लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । आईसीसीले नेपालमाथिको निलम्बन अझै फुकुवा गरेको छैन । 

नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन । नेपाली क्रिकेट अहिले आईसीसीकै निगरानीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस