Safal Khabar - प्रधानमन्त्रीले हटाए विवादास्पद मनोज पाण्डेलाई
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)
प्रधानमन्त्रीले हटाए विवादास्पद मनोज पाण्डेलाई
जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द, प्रधानमन्त्रीको अडियो भिडियो विज्ञबाट पनि हटाइए मनोज पाण्डे
बिहिबार, ०२ साउन २०७६, ०८ : १२
प्रधानमन्त्रीले हटाए विवादास्पद मनोज पाण्डेलाई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निरन्तर विवादमा आएपछि आफ्नो सचिवालयमा समेत रहेका मनोज पाण्डेलाई हटाएका छन् । उनले चलाउँदै आएका जनतासँग प्रधानमन्त्री कार्यक्रम पनि बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिएपछि उक्त कार्यक्रम समेत बुधवारबाट बन्द भएको छ ।

पाण्डे प्रधानमन्त्रीका अडियो –भिडियो विज्ञका रुपमा समेत थिए । प्रधानमन्त्रीको सचिवालयमा नियुक्त रहेको, मामा विष्णु रिमाल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रहेको र जनतासँग प्रधानमन्त्री कार्यक्रम समेत आफैले चलाउन पाएको आधारमा उनले सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएका थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले नै पाण्डेलाई सचिवालयमा नियुक्ति देखि जनतासँग प्रधानमन्त्री सम्मको टेलिभिजन कार्यक्रम चलाउन दिएका थिए ।

तर उनले प्रधानमन्त्रीको नाम भजाउँदै सिहंदरबारका हरेक जसो मन्त्रालयमा चन्दा आतंक मच्चाउँदै आएका थिए । डकुमेन्ट्री बनाउने नाममा सामान्य डकुमेन्ट्रीमा समेत उनले एउटै मन्त्रालयसम्म पनि २५ लाखसम्मको बिल पठाएर पैसा असुल्दै आएका थिए । कथा नेपालको प्रस्तुतीमा उनले जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउँदै आएका थिए । उनले सिंहदरबारभित्र चन्दा आतंक मच्चाएको देखि आफ्नै कार्यक्रममा रहेका पत्रकार कर्मचारीसम्मलाई न्यूनतम पारिश्रमिकसम्म नदिएको समाचार निरन्तर सफलखबरले दिन थालेपछि नेकपाभित्र पाण्डेको विषयमा चर्काे बहस शुरु भएको थियो ।
सिंहदरबारभित्रै मनोज पाण्डेको ‘चन्दा’ आतंक !  
प्रधानमन्त्रीलाई देखाउँदै मनोज पाण्डेको अर्काे धन्दा

Yeti Diistillery
nic asia

पाण्डेले वालुवाटारको नाम देखाउँदै चर्काे उठौती धन्दा गरेको र प्रधानमन्त्रीसम्मलाई विवादमा पारेको भन्दै बालुवाटारमा केही दिन देखि वहस भएको थियो । अन्ततः प्रधानमन्त्रीले कार्यक्रम नै बन्द गर्न रिमाललाई निर्देशन दिएका थिए ।

‘अब यो कार्यक्रम चलाएर हुदैन, एक मेरो आफ्नै पनि समय छैन, अर्काे कार्यक्रममार्फत कसैले कमाउधन्दा गरिरहेको सुनिदैछ, अब यो कार्यक्रम बन्द गर्नुहोस्,’ प्रधानमन्त्रीको भनाई उदधृत गदै सचिवालयका एक सदस्यले सफलखबरसँग भने,–‘पाण्डेको कार्यक्रम पनि त्यही भएर बन्द भयो, सचिवालयबाटै पनि उनलाई प्रधानमन्त्रीले हटाईदिनुभयो ।’

नेकपा निकट पत्रकार संगठनका सहसंयोजक गणेश बस्नेतले पाण्डे हटाइएपछि सामाजिक सन्जाल फेसबुकमै लेखे, –‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई सधैभरी छल्न सकिन्न भन्ने तथ्य आज फेरि पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नाम बेचेर कमाउ धन्दा चलाउने एउटा पात्र हटाई दिनुभएको छ । अब हटाउने समय सुरु भएको छ ।’

पाण्डेले बालुवाटार सचिवालयमा रहँदा र टेलिभिजन कार्यक्रम चलाउँदा जर्बजस्ती चन्दा आतंक नै मच्चाएर करोडौैं कमाएका छन् । त्यही आधारमा उनले मामा रिमालसँग मिलेर दरवारमार्गमा कार्यालय खोलेर नयाँ अनलाइन सञ्चालनमा ल्याउन लागेका हुन् । रिमाल पाण्डे मामाभान्जाले अब दरबारमार्गबाट नयाँ अनलाइन सञ्चालनमा ल्याउँदैछन् । उक्त अनलाइनका लागि पनि विवादास्पद ब्यापारीहरुमार्फत करोडौंको डिल यी मामाभान्जाले गरिरहेका छन् ।

प्रधानमन्त्रीले आफ्नो सचिवालयबाट हटाउँदै उनले चलाउँदै आएको कार्यक्रम समेत बन्द गरिदिएपछि अहिले पाण्डे र रिमालहरुले प्रधानमन्त्रीको ब्यस्तता रहेको कारण मात्र कार्यक्रम बन्द भएको भन्दै बचाउ गर्न थालेका छन् । रिमालले त्यहाँबाट पाण्डेलाई हटाइए पनि अनलाइनको सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी दिएर उत्ता परिचालनको नीति बनाएका छन् ।

रिमाल निकटहरुले पाण्डेलाई नयाँ जिम्मेवारीका रुपमा अनलाइन ब्यवस्थापन हेर्ने गरी पठाइएको मात्र हो, हटाईएको होइन भन्ने तर्क अहिले दिन थालेको छन् ।

प्रतिक्रिया दिनुहोस