काठमाडौँ । इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट पारेको छ ।
इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरू आवागमन गर्न दिइएको बताएका हुन् ।
मुम्बइस्थित इरानी कन्सुलेटले विदेश मन्त्रीको बयान जारी गर्दै अमेरिका र उसका सहयोगीहरूलाई भने हर्मुज बन्द रहेको र जबरजस्ती गरिए बमले उडाउने धम्की समेत इरानले दिएको छ ।
हर्मुज जलघाँटी विश्वभर तेल र ग्यास आपूर्तिका लागि रणनीतिक मार्ग मानिन्छ जुन इरानको तटीय क्षेत्र हुँदै अघि बढ्छ । इजरायल र अमेरिकी आक्रमणपछि इरानले यो मार्ग बन्द गरेको छ भने यहाँबाट अघि बढ्ने कतिपय जहाजमाथि हमला समेत भएको छ ।
अमेरिकाले हर्मुज खुलाउन अनेक प्रयास गरे पनि नसकेपछि धम्कीको साटो युद्ध विराम र वार्ताको प्रस्ताव राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा