Safal Khabar - सिंहदरबारभित्रै मनोज पाण्डेको ‘चन्दा’ आतंक !
शनिबार, ०७ मङि्सर २०७६ (Saturday, 23 November, 2019)
सिंहदरबारभित्रै मनोज पाण्डेको ‘चन्दा’ आतंक !
भूमिसुधार मन्त्रालयमा मात्रै २५ लाखको बिल
शुक्रबार, २० असार २०७६, ०८ : ५६
सिंहदरबारभित्रै मनोज पाण्डेको ‘चन्दा’ आतंक !

काठमाडौं । सिंहदरबारभित्र हरेक मन्त्रालयमा अहिले आतंक छाएको छ । प्रधानमन्त्री र बालुवाटारको नाम दिँदै अहिले हरेक मन्त्रालयमा आतंक फैलाउन खोजिएको छ । प्रधानमन्त्रीले मन्त्री फेर्न लागेका कारण आतंक फैलिएको होइन, ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमका प्रस्तोता मनोज पाण्डेका कारण सिंहदरबारका हरेक जसो मन्त्रालयमा आतंक छाएको हो ।

पाण्डेले अहिले प्रधानमन्त्रीसँग गर्ने गरेको त्यही टेलिभिजन कार्यक्रमलाई देखाई मन्त्रालयहरुमा आतंक सिर्जना गरेका हुन् । उनले मन्त्रालयको डकुमेन्ट्री बनाउनु परेको र त्यो प्रधानमन्त्रीसँगको कार्यक्रममा देखाउनु पर्ने भन्दै पहिले हरेक जसो मन्त्रालयमा डकुमेन्ट्री प्रस्ताव गर्ने गरेका छन् । त्यसपछि भने डकुमेन्टी बनाए बापतको रकम भुक्तानी गर्न भन्दै मन्त्रालयहरुमा बिल पठाउने गरेका छन् ।

आफै प्रस्ताव पठाउने, आफै डकुमेन्टी बनाउने र आफै त्यसको मूल्य निर्धारण गरेर चर्काे बिल पठाउने काममा पाण्डे लागेको एक मन्त्रालयका कर्मचारी बताउँछन् ।
‘उहाँ (मनोज पाण्डे) ले एक किसिमले सिंहदरबारका हरेक जसो मन्त्रालयमा चन्दा आतंक नै जसरी जर्बजस्ती गरिरहनु भएको छ,’ ति कर्मचारीले सफलखबरसँग भने, –‘नदिऊ प्रधानमन्त्रीसँग कार्यक्रम चलाउँछन्, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारका भान्जा हुँ भन्छन्, आदेश दिन्छन, पैसा दिउँ महँगो दररेट राखेर बिल पठाउँछन । असाध्यै अप्ठायारो अवस्था सिर्जना गरिरहेका छन् । ’

Yeti Diistillery
nic asia

 सामान्य डकुमेन्टीको पनि उनले मन्त्रालयहरुमा बिल असाध्यै चर्काे पठाउने गरेका कारण पनि मन्त्रालयका मन्त्री देखि कर्मचारीसम्म आतंकित हुन थालेका छन् । पाण्डेले भूमिसुधार मन्त्रालयमा मात्रै पनि २५ लाखको बिल पठाएका छन् । ‘नदिऊ वा कुनै प्रतिवाद गरौं, प्रधानमन्त्रीसँग जोडेर आउँछन्, दिऊ मनलाग्दी रेट आफैले तोकेर बिल आउँछ,’ भूमिसुधार मन्त्रालयका एक कर्मचारीले भने ।

त्यसो त पाण्डेले उक्त टेलिभिजन कार्यक्रम पनि निजि कम्पनीबाट प्रायोजन गरी सञ्चालन गरेका छन् । कार्यक्रम उत्पादन कम्पनी पाण्डेको नीजि कम्पनी हो । देशको प्रधानमन्त्रीसँग गरिने साक्षात्कार त्यो पनि सरकारी टेलिभिजनमा नीजि कम्पनीमार्फत सञ्चालन गर्ने काम आफैमा विवादास्पद छ ।

प्रधानमन्त्रीलाई कार्यक्रममा ल्याएर उनले झण्डै ५÷१० मिनेटको विज्ञापन बझाउँछन् । विज्ञापनको दर रेट पनि असाध्यै महँगो राखेर उनले पैसा असुली रहेका छन् । उनको यो धन्दाले अहिले सिंहदरबार पुरै हल्लिएको छ ।

बालुवाटारले ल्याउँदै नयाँ अनलाइन
प्रधानमन्त्रीका सहयोगीहरुको लगानीमा एउटा नयाँ अनलाईन सञ्चालनमा आउन लागेको छ । दरबारमार्गमा अहिले उक्त नयाँ अनलाइनका लागि कार्यालय बन्दैछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रत्यक्ष जोडिने गरी दरबारमार्गमा अनलाइनको तयारी भईरहेको बालुवाटार स्रोतले बतायो ।

पछिल्लो चरण ठूला सञ्चार गृहहरु सरकारको आलोचनामा उत्रिएको निष्कर्षका साथ बालुवाटारले त्यसको प्रतिवाद गर्ने र सरकारको डिफेन्स गर्ने उदेश्यले व्यवसायिक पत्रकारहरुको टिम निर्माण गरी अनलाइन सञ्चालनको तयारी गरेको बालुवाटार स्रोतले बतायो ।

त्यसका लागि कुनै नाम चलेको पत्रिकाका समाचार सम्पादकलाई लगेर सम्पादक बनाई सकिएको छ । साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको हिमाल खबरका समाचार सम्पादक रामेश्वर बोहोरालाई बालुवाटारबाट आउन लागेको उक्त अनलाइनको सम्पादक बनाउने गरि सम्झौता नै भईसकेको छ ।

त्यसमा अहिले केही वरिष्ठ पत्रकारहरु पनि नदेखिने गरि परिचालन गर्न खोजिएको छ । बोहोरालाई अहिले टिम बनाउने जिम्मा दिईएको बालुवाटार स्रोतले बतायो । नयाँ आउने अनलाइनलाई मल्टिमिडिया प्रोजेक्टका रुपमा अगाडी बढाउन सबै खालका प्रविधिको उपयोग गर्ने गरी तयार पारिदैछ । त्यसको लागि भने अप्रत्यक्ष   रुपमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउँदै आएका तिनै मनोज पाण्डेले भूमिका खेलिरहेका छन् ।  

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार आफै अप्रत्यक्ष रुपमा जोडिने र रेखदेख गर्ने गरी अनलाइन तयारी भईरहेको बालुवाटार स्रोतको भनाई छ । रिमाल आफैले विभिन्न ब्यापारी मार्फत अनलाइनको लागि आवश्यक पर्ने खर्च जोहो गरिदिने गरी तयारी भईरहेको छ ।

भदौं अन्तिमसम्म लन्च नै गर्ने गरी अहिले तिब्र गतिमा अनलाइनको साइट बनाउने, टिम निर्माण गर्ने र कार्यालय तयारी गर्ने काम भईरहेको बालुवाटार स्रोतले बतायो । अनलाइनमा जोडिन आउने र ल्याउन खोजिएका पत्रकारहरुलाई दुई वर्षको ग्यारेन्टी देखाउँदै आर्कषक तलबको अफर हुन थालेको स्रोतले बतायो ।

 
 

प्रतिक्रिया दिनुहोस