चितवन च्याम्पियनसिप: सुन्धारालाई पराजित गर्दै अविसेक सेमिफाईनलमा प्रवेस

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, २० : ४१
चितवन च्याम्पियनसिप: सुन्धारालाई पराजित गर्दै अविसेक सेमिफाईनलमा प्रवेस

चितवन । अविसेक चर्च रजहर पाँचौ हानामि चितवन च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेस गरेको छ । मंगलवार भएको अन्तिम क्वार्टरफाईनलमा सुन्धारा फुटबल क्लब काठमाण्डौलाई ३–० ले पराजित गर्दै अविसेक सेमिफाईनलमा प्रवेस गरेको हो । 
अविसेकको जितमा विदेशी खेलाडी यामीकले २ गोल गरे । उनले पहिलो हाफको थप २ मिनेटको समयमा र ३७ औँ मिनेटमा गोल गरेका हुन । यस्तै सुनील बलले ६२ औँ मिनेटमा टिमका लागी तेस्रो गोल गरेका थिए । राष्ट्रिय फुटबल टिमका खेलाडी समेत रहेका सुनिल बल खेलको म्यान अफ दि म्याच बने । उनले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । हरेक दिन दर्शकहरुमध्येवाट गोलाप्रथा गरी एकजनालाई दिईदै आएको मोवाइल उपहार भरतपुर ११ का प्रविन ढकालले पाएका छन । 
यसअघि भएको खेलबाट देशभक्त फुटबल क्लब नवलपुर, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र जु फुटबल क्लब जुगेडी सेमिफाईनलमा प्रवेस गरीसकेका छन । मंगलवारको खेलसँगै क्वार्टरफाईनलका खेलहरु सकिएको छ । 
अब वुधवारबाट सेमिफाईनल खेल सुरु हुने आयोजक एभ्रेष्ट क्लब भरतपुरले जनाएको छ । पहिलो सेमिफाईनलमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र देशभक्त फुटबल क्लब परासी भिड्ने क्लबका सचिव विकास कोईरालाले जानकारी दिए । यसैविच यसअघिका खेलहरु अपरान्ह ४ बजे हुनेगरेकोमा सेमिफाईनलका खेल भने दिउँसो ३ बजेदेखि सुरु हुने क्लबका अध्यक्ष असोक देवकोटाले बताए । 
 

प्रतिक्रिया दिनुहोस