काठमाडौँ । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुपै्र नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पु¥याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन । कसरी विदेशी भूमिमा नेपाली नागरिक ठगिएका छन् रु कुन बाटो हुँदै कसरी लगिन्छ ? भन्ने विषयमा नवराज मैनालीको रिपोर्ट :
अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो ।
ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो । नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो । केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए ।
१५ युवकलाई लिबिया पु(याएर बन्धक
वैदेशिक रोजगारीका लागि इटाली लैजाने भन्दै लिबिया पु(याएर १५ युवालाई अलपत्र बनाउने गिरोहका दुईजना पनि पक्राउ परेका छन् । मावन बेचबिखन नियन्त्रण ब्युरोले राहुल गहतराज, तीर्थबहादुर विश्वकर्माजस्ता उपनाम भएका राहुल थापा र कमल भन्ने लोकमान राईलाई प्रहरीले पक्राउ गरेको हो । सो समूहले प्रतिव्यक्ति पाँचदेखि सात लाख रुपैयाँ असुलेर उनीहरूलाई नयाँदिल्ली, दुबई हुँदै ट्युनिसियाबाट सिरिया पठाइएको थियो । त्यहाँबाट लिबिया पु(याएपछि उनीहरूको पासपोर्ट तथा नगदसमेत खोसिएको थियो । पछि त्यहाँ खटिएको नेपाली शान्ति सैनिक र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा उद्धार गरिएको थियो ।
पक्राउ परेकामध्ये लोकमान विगतमा पनि मानव तस्करी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले २४ पुस ०७४ मा पक्राउ गरेको थियो । टर्कीमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेपछि उनले यही धन्दालाई निरन्तरता दिएका थिए । ‘भिजिट भिसामा विमानस्थलबाट मानव तस्करी गर्ने गिरोहका उनी नाइके भएको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने ।
काजकस्तान भन्दै कुर्दिस्तान
मानव तस्करीमा संलग्न गिरोहले काजकस्तान लैजाने भन्दै नेपालीहरूलाई झुक्याएर इरानको सहर कुर्दिस्तान पु(याएरसमेत अलपत्र बनाएका थिए । तीन युवकलाई त्यसरी कुर्दिस्तान पु(याइएको छ । त्यसमा संलग्न अमरबहादुर बगाले र मेनुका श्रेष्ठलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले पक्राउ गरी कारबाही अघि बढाएको छ । आकर्षक जागिरको प्रलोभनमा लाखौँ असुलेर उनीहरूलाई कुर्दिस्तान पु(याइएको हो । इराक, लिबिया, सिरियाजस्ता द्वन्द्वग्रस्त देशहरूमा समेत मानव तस्करी बढेको प्रहरीले जनाएको छ ।
क्यानडा पठाउने भन्दै दिल्ली लगेर मिर्गौला निकाल्ने प्रयास
क्यानडा लैजाने भन्दै मानव तस्करीमा संलग्न एक गिरोहले एक युवक र उनका बुबा तथा मामालाई दिल्लीमा पु(याएर उनीहरूको पैसा लुटी मिर्गौलासमेत निकाल्ने प्रयास गरेको छ । चार महिनापछि प्रहरीले सो गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । नाम गोप्य राखिएका ती युवालाई गत ५ फेबु्रअरीमा भारतको नयाँदिल्ली लगिएको थियो । दिल्लीको होटेलमा राखेपछि क्यानडा जान २२ हजार अमेरिकी डलर देखाएपछि तुरुन्त क्यानडाको ‘इलेक्ट्रोनिन्स ट्राभल अथोराइजेसन’ ल्याउन सकिने भनेर ब्ल्याकमेल गरियो । भिसा आइसकेको भनेर उनलाई भ्रममा पारेर पैसा मगाउन लगाइएको थियो ।
भर्खर प्लस टू पास गरेका ती युवक क्यानडाको सपनामा मोहित भइसकेका थिए । त्यसकारण जसरी पनि पैसा खोज्न बुबासँग आग्रह गरे । छोरा क्यानडामा सेटल हुन्छ भन्ने सपनामा बुबाले आफन्तसँग ऋण गरेर २२ हजार डलरबराबरको पैसा जम्मा गरेका थिए । युवकका बाबु र मामा करिब २४ लाख पैसा बोकेर १२ फेब्रुअरीमा नयाँदिल्लीस्थित एयरपोर्टमा ओर्लिए ।
सोही दिन बेलुका युवकको क्यानडाको फ्लाइट भनिएको थियो । गिरोहका व्यक्ति नै उनका बाबु र मामालाई लिन एयरपोर्ट गएका थिए । ट्याक्सीमा लिएर फर्किंदा उनीहरूले पैसा देखाउन भने । तर, शंका लागेर बाटोमा पैसा देखाएनन् । होटेलमा लगेर सुरुमा विभिन्न कुरा खान कर गरेको, तर आफूहरूले नमानेको उनीहरूले बताएका छन् । पैसा देखाएपछि गिरोहका सदस्य योगेश सापकोटाले युवकलाई विमानस्थल लिएर गएका थिए । बाबु र मामालाई होटेलमै राखिएको थियो ।
युवक विमानस्थलमा कुरिरहे । घन्टौँ कुरेपछि आफ्नो टिकट नै नक्कली भएको थाहा पाएपछि बिहान करिब चार बजे उनी बुबाहरू भएको होटेलमा फर्किए । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । उनीहरूलाई अस्पताल लिएर गए । त्यतिवेलासम्म उनीहरूको सबै पैसा लिएर गिरोहका व्यक्तिहरू फरार भइसकेका थिए । त्यसपछि मात्र उनीहरूले आफूहरू आपराधिक समूहको फन्दामा परेको थाहा पाए ।
बेहोस बनाएर आफूहरूको मिर्गौलासमेत निकाल्ने प्रयास भएको उनीहरूले प्रहरीसँग बताएका छन् । गिरोहका सदस्य सापकोटा पक्राउ परेका छन् भने अन्य फरार रहेको प्रहरीले जनाएको छ । सो गिरोहमा केही भारतीयहरूसमेत रहेको उनीहरूमाथि अनुसन्धान जारी रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० अनुपमशमशेर राणाले बताए । क्यानडाको पिआर नै मिलाइदिने भनेर उनलाई विश्वासमा पारी त्यसरी लुटिएको थियो । क्यानडमा भएका एक व्यक्तिसँग बारम्बार फोनमा कुरा गराएर उनलाई विश्वासमा पारेको अनुसन्धानमा खुलेको छ ।
ब्युरो बन्यो नियमावली बनेन
मानव तस्करी तथा ओसारपसारका घटना बढेपछि सरकारले यससम्बन्धी अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेको एक वर्ष भइसकेको छ । तर, ब्युरोको नियमावली सरकारबाट पास नहुँदा अहिलेसम्म ब्युरोले प्रभावकारी रूपमा काम गर्न पाएको छैन । ब्युरोले उजुरी लिएर अनुसन्धान गरे पनि अन्य प्रहरी कार्यालयमार्फत मुद्दा चलाउनुपर्ने अवस्था छ । गृह मन्त्रालयले ब्युरोको नियमावली मन्त्रिपरिषद् पठाएको महिनौँ हुँदा पनि स्वीकृत हुन सकेको छैन । नियमावली नहुँदा अनुसन्धानका काम प्रभावित भएको ब्युरोका अधिकारी बताउँछन् ।
न सहचारी न सन्धिमा हस्ताक्षर
मानव तस्करीमा नेपाल विश्वकै प्रमुख स्रोत मुलुक बनिसकेको छ । छिमेकी देशदेखि अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको ओसारपसार हुने गरेको छ । तर, नियन्त्रणका लागि सरकारबाट पर्याप्त पहल नभएको प्रहरी अधिकारीहरू बताउँछन् । धेरैजसो नेपालीलाई भारत तथा युएईलाई ट्रान्जिट बनाएर बेचबिखन हुने गरेको छ । युएईलगायत देशमा प्रहरी सहचारी राख्न प्रहरीले गरेको प्रस्ताव वर्षौँसम्म पनि कार्यान्वयन हुन सकेको छैन । जसकारण प्रहरी परराष्ट्रका कर्मचारीमा भर पर्नुपरेको छ । तर, परराष्ट्रबाट पर्याप्त सहयोग र सक्रियता हुने गरेको छैन । अर्कोतर्फ मानव बेचबिखन नियन्त्रणसम्बन्धी राष्ट्रसंघको ‘पारलेमो प्रोटोकल’मा पनि नेपालले हस्ताक्षर गरेको छैन । इटालीको पारलेमोमा सन् २००० मा मानव तस्करी नियन्त्रणका लागि घोषणापत्र जारी भएको थियो । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ३२ जेठ २०७६, ०६ : ५५
लेखकबाट थप