विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, ११ : १५
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाबाट अलग भएर प्रगतिशील राष्ट्रिय अभियानको उदघोष गरेका नेता जनार्दन शर्मा चुनाव भए विप्लवको पार्टीबाट चुनाव लड्ने छलफलमा छन् ।

विप्लवको पार्टीका एक प्रभावशाली नेताका अनुसार, शर्माले घनश्याम भुषालसहित छलफल गरेर एकताबद्द भएर जाने र त्यस्तो बेला विप्लवकै पार्टीको चुनाव चिन्ह्र प्रयोग गरेर चुनाव लड्न सक्ने सम्मका सम्भावनाका बारेमा छलफल अगाडी बढाएका छन् । 

प्रचण्डसँगको साथ छोडेर अलग्गिएका जनार्दनले यो बीचमा विप्लवसँग एक पटक एक्लाएक्लै र दुई पटक घनश्याम भुषालसहित त्रिपक्षिय सम्वाद गरिरहेका छन् । भुषाल र विप्लवसाग मिलेर एउटा साझा वक्तब्य पनि दिएका छन् । 

फागुन २१ को चुनाव लक्षित गरेर निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसिमामा विप्लवको पार्टी निर्वाचन आयोगमा दल दर्ता गर्न पुगिसकेको छ । नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वको उक्त पार्टी निर्वाचन आयोगमा कम्युनिस्ट पार्टी नेपाल दर्ता प्रक्रियामा छ । चुनाव चिन्ह्र लालीगुराश राखेर उक्त पार्टी निर्वाचन आयोगमा दर्ताको क्रममा छ ।

कात्तिक मसान्तसम्म निर्वाचन आयोगमा दल दर्ताका लागि समयसिमा भएपनि उनले दल दर्ताको कुनै तयारी गरेका छैनन । बरु निर्वाचन कानुनले कुनै पार्टी अर्काे पार्टीसँग एकता प्रक्रियामा गए उक्त पार्टीको नाम र चुनाव चिन्ह्र एक वर्षसम्म होल्ड हुने निर्वाचनसँग सम्वन्धित कानुन हुँदा हुँदै पनि उनले नेकपा (माओवादी केन्द्र) र गोलाकारभित्रको हसियाँ हथौडा चुनाव चिन्ह आफुहरुले प्रयोग गर्न पाउनुपर्ने माग सहित केही सहिद परिवारका सदस्यलाई निर्वाचन आयोग भने पठाएका थिए । 

बाबुराम भटटराई र जनार्दन शर्माले राष्टिय स्वतन्त्र पार्टीसँग अभिभावकिय जिम्मेवारीमा रहेर सहयोग गर्न सक्ने प्रस्ताव गरेपनि त्यसमा रास्वपाले सकारात्मक जवाफ नदिएपछि शर्मा चुनाव भएको खण्डमा विप्लवको पार्टीको चुनाव चिन्ह्र प्रयोग गरेर लड्न सकिने निश्कर्षमा पुगेका हुन् । 

घनश्याम भुषालले भने आफु प्रत्यक्ष अगाडी नदेखिएपनि राजकुमार कक्षपतिलाई अगाडी सारेर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ९वामपन्थी केन्द्र) नामको दल दर्ताको निवेदन बुझाईसकेका छन् । 

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ११ वाम दल मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेपछि जनार्दन महोवादीबाट एकतामा आएका थिएनन भने भुषाल एकीकृत समाजवादीबाट । 

उनीहरुले यो वीचमा विप्लवसँग सहकार्य र एकताको प्रस्तावमा छलफल गरेपनि त्यो अन्ततः छलफलमै मात्र सिमित हुने सम्भाबना पनि रहेको छ । त्यसको संकेत भुषालले आफु निकट नेताको अगुवाईमा पार्टी दर्ताका लागि निर्वाचन आयोग गएबाटै देखिएको छ । 

भुषाल शर्मा र विप्लवसँग अन्तिम समयमा अलग्गिने सम्भाबना रहेरै उनले पार्टी दर्ता गराएको टिप्पणी पनि हुने गरेको छ ।