काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको हो ।
गत आव देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान कार्यालयको छ । त्यस्तै मधेशको जिडिपी उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान छ ।
राष्ट्रिय जिडिपी आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुने र मधेशमा ३.८८ प्रतिशतले बढ्ने अनुमान छ ।
मधेशको जिडिपीमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको ३६.७० प्रतिशत छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त