प्रगति पाठशालामा स्काउट क्याम्प सुरु

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०७५, १७ : ५७
प्रगति पाठशालामा स्काउट क्याम्प सुरु

चितवन । इच्छाकामना गाउँपालिका वाड नम्बर ४ स्थित प्रगति पाठशालामा स्काउट क्याम्प सुरु भएको छ । उक्त क्याम्पको चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद तथा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गरे ।

स्काउट क्याम्पमा बोल्दै सांसद पोखरेलले विपतको समयमा काम हुने गरि अहिले नै तयारी अवस्थामा रहनु आवश्यक छ । २०७२ सालको भूकम्पलाई स्मरण गर्दै सांसद पोखरेलले त्यस्ता विपत्तिहरु जुनसुकै वेला हुन सक्नेमा चनाखो रहेर तयारी अवस्थामा वस्नु पर्ने बताए । विपत्तिले कुनै पूर्व जनाउ वा घण्टी वजाएर नआउने उल्लेख गर्दै उनले सवै खाले विपत्तिबाट बच्नका लागि युवावर्ग वढि जिम्मेवार र क्रियाशील हुनुपर्ने बताए ।

प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले विपद्को समयमा स्काउटले निकै राम्रो काम गर्दै आएको बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले अतिरिक्त क्रियाकिलापले विद्यार्थीको ज्ञानको क्षेत्र थप फराकिलो पार्ने भन्दै अव हरेक विद्यालयमा विद्यार्थी लक्षित विविध शारीरिक र मानसिक वृद्धि विकासका कामहरु गरिनु आवश्यक रहेको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ, विद्यालयका प्राचार्य टंकप्रसाद त्रिपाठी, चितवन स्काउटका अध्यक्ष तीर्थराज न्यौपानेले बोलेका थिए । करिव २९ विद्यालय सहभागी रहेको यस क्याम्पमा ३ सय ८१ विद्यार्थी र शिक्षक शिक्षिकाहरु रहेका छन् ।

स्काउट क्याम्पमा विविध कार्यक्रमहरु राखिएका छन् । मनकामना मन्दिर दर्शन, त्रिशुली नदीमा ¥याफटिङ, हाइकिङ सुपर म्यान र साँस्कृतिक कार्यक्रमजस्ता विविध कार्यक्रमहरु रहेको विद्यालयका सहायक प्राचार्य ईश्वरविलास अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस