आदिकवि भानुभक्त माविको स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०७५, १६ : १४
आदिकवि भानुभक्त माविको स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

चितवन । आदिकवि भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको आर्थिक आयव्यय सार्वजनिक गरेको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरेर स्वर्णमहोत्सव २०७५ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो । 
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले स्वर्ण महोत्सवबाट १ करोड ७० लाख ८ हजार ८८७ रुपैयाँ संकलन भएको बताउनुभयो । 
विद्यालयका प्राचार्य विष्णुप्रसाद सापकोटाले स्वर्ण महोत्सवको कार्यक्रमसहित भौतिक निर्माणमा ९६ लाख खर्च भएको बताउनुभयो ।  उहाँले विद्यालयमा ५१ लाखको अक्षयकोष निर्माण भएको जानकारी गराउनुभएको थियो ।  
पत्रकार सम्मेलनमा विद्यालयले आफ्नो ८ कठ्ठा ५ धुर जमिन भित्र्याउन सफल भएको अध्यक्ष अधिकारीले बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘अब विद्यालयसँग १९ कठ्ठा ५ धुर जग्गा भएको छ । खेलकुदका कार्यक्रमहरु सजिलै गर्न सकिन्छ ।’ आगामी ५ वर्षमा विद्यालयलाई नमुना विद्यालय बनाउने योजनाहरु पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो । 

 

 

 

प्रतिक्रिया दिनुहोस