चितवनको सनराइज इङ्लिस स्कुलमा चौधरी ग्रुपको लगानी

शनिबार, ०९ चैत्र २०७५, १७ : १८
चितवनको सनराइज इङ्लिस स्कुलमा चौधरी ग्रुपको लगानी

चितवन । चौधरी ग्रुपले सनराइज इङ्लिस स्कुलमा सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने गरी शेयर खरिद गरेको छ । भरतपुर महानगरपालिका–४ पिपलचोकमा अवस्थित सनराइज स्कुलमा अन्तर्राष्ट्रिय तहसम्म परिचित चौधरी समूहले लगानी गरेर चितवनको शैक्षिक क्षेत्रमा पहिलो पटक हात हालेको हो । 
यसै शैक्षिक शत्रबाट चौधरी समूहले उक्त स्कुलको व्यवस्थापनको जिम्मेवारी लिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी अर्यालले जानकारी दिनुभयो । जसका लागि चौधरी समूहले विद्यालयको प्रिन्सिपलमा राजेन्द्रप्रसाद कोइरालालाई नियुक्त गरिसकेको छ । 
‘सनराइज इङ्लिस स्कुललाई राम्रो व्यवस्थापन गरेर दीर्घकालसम्म चलाइ राख्ने व्यवस्थापकको खाँचो थियो । विद्यालयको गुणस्तर वृद्धि हुने आशाले चौधरी ग्रुपलाई लगानीको स्वीकृति दिइएको हो ।’ अध्यक्ष अर्यालले भन्नुभयो । 
स्कुलमा अब विद्यालय व्यवस्थापन समितिको भूमिका धेरै सक्रिए नहुने उहाँले बताउनु भयो । हामी थाक्दै गएको अवस्थामा विश्वस्तरमा अब्बल ठहरिएको चौधरी गु्रपले विद्यालयमा लगानी गर्दा आफू पूर्ण सन्तुष्ट रहेको अर्यालको भनाइ छ ।
वि.सं. २०४४ सालमा निजी क्षेत्रबाट स्थापना भएको यस स्कुलमा चितवनका ३१ जनाको लगानी रहेको थियो । १२ कक्षासम्म सञ्चालित सनराइज स्कुलमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस