नरेन्द्र माेदी बनारसबाट चुनाव लड्ने !

शुक्रबार, ०८ चैत्र २०७५, ११ : ५०
नरेन्द्र माेदी बनारसबाट चुनाव लड्ने !

 भारतकाे सत्तारुढ दल भारतीय जनता पार्टीले आगामि लाेकसभा निर्वाचनका लागि उम्मेदवारकाे सूची सार्वजनिक गरेकाे छ । त्यसअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र माेदी बनारसबाट चुनाव लड्ने भएका छन् । यसअघि पनि उनी त्यही सिटबाट चुनाव लडेका थिए ।

बिहीबार साँझ भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले याे सुची सार्वजनिक गरेका हुन् । यसअघि भारतीय जनता पार्टीले यसपटक ठूला नामलाई निर्वाचनमा नउठाउने अनुमान गरिएकाे थियाे । 

पार्टीका अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव लड्ने सूचीमा उल्लेख गरिएकाे छ । अहिलेका गृहमन्त्री राजनाथ सिंह लखनउबाट, स्मृति इरानी अमेठीबाट, गाजियावादबाट विके सिंह चुनाव लड्दै छन् ।

प्रतिक्रिया दिनुहोस