जब ड्राइभरले विद्यार्थी भरिभराउ बसमा आगो लगाए...

एजेन्सी

विहीबार, ०७ चैत्र २०७५, १६ : ०१
जब ड्राइभरले विद्यार्थी भरिभराउ बसमा आगो लगाए...

रोम । इटालियन प्रहरीले अपहरणमा परेका ५१ बालबालिकाको उद्धार गरेको छ। विद्यालयको बसमा रहेका बालबालिकाहरुलाई सोही बसका चालकले अपहरण गरेका थिए।

चालकले बसमा पेट्रोल छर्केर आगो लगाइ दिएका थिए। उनले भूमध्यसागरमा आप्रवासीहरुको मृत्यु भएको विषयमा विरोध गर्न सो अपहरण गरिएको बुझिएको छ।

अपहरणका क्रममा केही बालबालिकालाई चालकले डोरीले बांधेर राखेको बताइएको छ। एक जना बालकले प्रहरीलाई 'हेल्पलाइन' मा फोन गरी अपहरणबारे जानकारी दिएपछि प्रहरीले अपहरणको प्लटलाई विफल बनाउने सकेको संचार माध्यमहरुले जनाएका छन्।

घटनामा ५१ जना बालबालिकाको उद्धार गरिएको प्रहरीले बताएको छ।

गाडीमा आगो लगाउँदासमेत कसैलाई केही नभएको भन्दै मिलानका अधिकारीहरुले यसलाई चमत्कार भनेका छन्। प्रहरीले बसलाई रोकेर बच्चाहरुलाई बचाउन सकेकोमा अधिकारीहरुले तारिफ गरेका छन्।

आगलागीका कारण केही बालबालिकालाई भने श्वास लिन गाह्रो भइरहेकोले उनीहरुलाई अस्पताल लगिएको छ।

अपहरणको क्रममा उक्त बस एक कारसँग पनि ठोकिएको थियो।

अपहरण गर्ने सेनेगलबाट इटली आइ बसेका ४७ वर्षे ओस्सेनउ से रहेको प्रहरीले बताएको छ। उनले आप्रवासीहरु प्रति भइरहेको विभेदकाबारे ध्यानाकर्षण यराउने हेतुले सो कार्य गरेको बयान दिएको बताइएको छ।

५१ जना बालबालिकाहरु स्पोर्टस आउटिङबाट उक्त बसबाट फर्किरहेका थिए।

प्रतिक्रिया दिनुहोस