पाकिस्तानी प्रधानमन्त्री इमरान खानको होली शुभकामनामा खनिए बलिउड निर्माता

विहीबार, ०७ चैत्र २०७५, १३ : १६
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको होली शुभकामनामा खनिए बलिउड  निर्माता

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर हिन्दु समुदायलाई होलीको शुभकामना दिँदा बलिउड फिल्म निर्माताले उनलाई कडा जवाफ दिएका छन् । इमरान खानले होलीको बधाई दिँदै शान्तिपूर्ण होलीको शुभकामना दि\ए । उनको यो ट्वीट पछि बलिउड फिल्म निर्माता अशोक पंडितले कडा जवाफ दिएका छन् ।

बलिउड फिल्म निर्माता अशोक पण्डितले इमरानको ट्वीटमा जवाफ दिँदै भने, ‘पहिले पाकिस्तानले हाम्रो सैनिकसँग रगतको होली खेल्न बन्द गरोस्, त्यसपछि मात्र शुभकामना देओस् ।’

स्मरण रहोस्, पुलवामा हमलापछि भारत र पाकिस्तानको सम्बन्ध एकपटक पुनः बिग्रिएको छ ।

प्रतिक्रिया दिनुहोस