लण्डनमा गिरफ्तार गरियो निरब मोदीलाई

एजेन्सी

बुधबार, ०६ चैत्र २०७५, १९ : १६
लण्डनमा गिरफ्तार गरियो निरब मोदीलाई

बीबीसी । भारतका हिरा व्यवसायी निरब मोदीलाई लण्डनमा पक्राउ गरिएको छ । उनीमाथि पञ्जाब नेशनल बैंकबाट लिएको दुई अर्ब डलर बराबरको ऋण चुक्ता नगरेको आरोप छ ।

भारतले अगस्टमा ब्रिटेनसँग निरब मोदीलाई सुपुर्दगी गर्न माग गरेको थियो । उनले गरेको घोटालालाई भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो बैंक घोटाला मानिएको छ । 
लण्डन प्रहरीले ४८ वर्षीय मोदीलाई होल्बोर्न क्षेत्रबाट मंगलवार पक्राउ गरिएको जनाएको छ । उनलाई बुधवार लण्डनको वेस्टमिंस्टर अदालतमा पेस गरिने बीबीसीले जनाएको छ । अदालतले मोदीको नाममा वारेन्ट जारी गरेका थियो । 

पञ्जाब नेशनल बैंकले सन् २०१८ मा मोदी र उनका काका मेहुल चौकसीको नेतृत्वमा रहेको ज्वेलरी समूहमाथि फर्जी बैंक ग्यारेन्टीमार्फत ऋण लिएको र धोका दिएको आरोप लगाएको थियो । तर उक्त आरोप सार्वजनिक हुनु अगावै दुबै जनाले भारत छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस