नतिजा प्रकाशित नहुँदा अक्सफोर्ड कलेज गैँडाकोटमा विद्यार्थी समस्यामा

सोमबार, ०४ चैत्र २०७५, १२ : ४४
नतिजा प्रकाशित नहुँदा अक्सफोर्ड कलेज गैँडाकोटमा विद्यार्थी समस्यामा

चितवन । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजले समयमा नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन् । सन् २०१४ ब्याचमा सिभिल ईन्जिनियरिङ पढेका विद्यार्थीहरु नतिजा प्रकाशित नहुँदा स्नातकोत्तर पढ्नबाट बञ्चित भएका हुन् ।

चौथो समेस्टर र पाँचौ सेमेस्टरमा कलेजले लिने प्रोजेक्ट परीक्षाको नतिजा प्रकाशित नगर्दा ८४ जना विद्यार्थी समस्यामा परेका छन् । 
स्नातकोत्तरका कक्षा सञ्चालनका खोपा ईन्जिनियरिङ कलेज, पुलचोक ईन्जिनियरिङ कलेजले प्रवेश परीक्षा लिईरहेका छन् । तर, स्नातक तहको ट्रान्सक्रिप्ट नआउँदा पढ्न बञ्चित हुनु परेको विद्यार्थी सागर पाठकले बताउनुभयो । 

सन् २०१४ बाट सुरु भएको कक्षा २०१८ मा सकिएको थियो । अन्य कलेजको नतिजा प्रकाशित भएर विद्यार्थीले स्नातकोत्तरको कक्षा सुरु गर्ने समयमा आफूहरु अन्योलनमा परेको उहाँले बताउनुभयो ।
यस्तै कलेजले प्रोजेक्टको नतिजा पोखरा विश्वविद्यालयमा नपठाउँदा तीन जना विद्यार्थी मौका परीक्षामा समेत सहभागि हुन पाएका छैनन् । आज (सोमबार) देखि पोखरामा मौका परिक्षा सुरु हुँदै छ । कलेजको लापरबाहीका ८४ जना विद्यार्थीको भविष्य अन्योलमा परेको उहाँले आरोप लगाउनुभयो ।

अहिले ट्रान्सक्रिप्टको माग गर्दै पोखरा विश्वविद्यालयको परिसरमा विद्याथीहरुले हिजोदेखि प्रर्दशन गरेका छन् । यता अक्सफोड कलेजले भने विद्यार्थीका समस्या समाधानका लागि लागिपरेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस