काठमाडौँ बानेश्वर क्षेत्र तनावग्रस्त, राहत शिक्षकमाथि अश्रुग्यास

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १७ : २०
काठमाडौँ बानेश्वर क्षेत्र तनावग्रस्त, राहत शिक्षकमाथि अश्रुग्यास

काठमाडौँ । राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । राहत शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गर्दै राजधानी कन्द्रित गरेको आन्दोलनमा शिक्षक र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा शिक्षकमाथि सुरक्षाकर्मीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ भने शिक्षकहरुले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । 
सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी र शिक्षकहरुबीच झडप भएको हो । शिक्षकहरुले नाराबाजी गरिरहेका छन् । 
प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् ।  मुलुकभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत रहेको बताइएको छ । यसअघि  सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दी सिर्जना गरेर राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस