चितवन मेडिकल कलेजले मनायो ११ औं बार्षिकोत्सव

आइतबार, २७ माघ २०७५, १५ : ४५
चितवन मेडिकल कलेजले मनायो ११ औं बार्षिकोत्सव

भरतपुर । चितवन मेडिकल कलेज (सिएमसी) ले विभिन्न कार्यक्रम गरी ११ औं बार्षिकोत्सव मनाएको छ । आईतबार भरतपुर महानगरपालिका–५ स्थित कजेज प्राङगण कैलाशनगरमा विविध साँकृतिक कार्यक्रम गरी मनाएको हो । बार्षिकोत्सवको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उद्घाटन गर्नुभयो । बार्षिकोत्सव कार्यक्रममा कलेजबाट उकृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै ११ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हाजिरी जवाफ, वादविवाद, वक्तृत्वकला, चित्रकला, कविता लेखन लगायतका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले नेपालको चिकित्सा क्षेत्रको विकासका लागि सिएमसीे दिन रात क्रियाशिल रहेको बताउनुभयो । सिएमसीले उत्पादन गरेका जनशक्तिले स्वदेश तथा विदेशमा अग्रणी भूमिका रहेर काम गर्न सफल भएको उल्लेख गर्नुभयो । त्रिभुव विश्वविद्यालयबाट सम्बन्ध लिएर नेपालमा तेस्रो स्थानमा धेरै वटा संकाय अध्ययन गराई रहेको जानकारी दिनुभयो । “सिएमसी ३ वटा उदेश्य लिई स्थापना भएको थियो” उहाँले भन्नुभयो,“३ वटा उद्देश्य पुरा गर्न सफल भएका छौ । यो सफलतालाई उचाईलाई निरन्तरता दिन चुनौती छ ।”

कलेजले सर्वसुलभ उपचार, विषेशज्ञ चिकित्सक उत्पादन तथा विदेशी चिकित्सा पद्धतीलाई स्वदेशमा भित्रयाई उपचार सेवा दिने उद्देश्यका विस २०६५ मा स्थापना भएको थियो ।
कलेजका निर्देशक डा.दयाराम लम्सालले गुणस्तरीय शिक्षा प्रदान गर्न सिएमसीले नयाँ कोर्स तथा अस्पतालका सेवाहरुलाई थप गर्दै लगेको बताउनुभयो । कलेजले १० बर्षको अवधिमा हजारौं दक्ष चिकित्सक उत्पादन गरी सकेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कलेजका शैक्षिक संयोजक गोपेन्द्र प्रसाद देव, प्रोफेसर ममता न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कलेजले यो शैक्षिक सत्रसम्म विभिन्न २८ वटा संकायमा पठनपाठन गर्दै आएको छ । राजधानी बाहिर कलेजमा ब्याच्लरदेखि मास्टरसम्म नर्सिङ, एमबीबीएस, फार्मेसी, रेडियोलोजी, ल्याब लगायतका कोर्सहरु सञ्चालनमा छन् । कलेजमा १ हजार ५ सय कर्मचारीले काम गर्दै आईरहेका छन् भने २ हजार ६ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस