विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा भोली देशभर शैक्षिक हडतालको घोषणा

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०७५, १९ : २६
विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा भोली देशभर शैक्षिक हडतालको घोषणा

काठमाडौं । विप्लव निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले  शैक्षिक हडतालको घोषणा गरेको छ । 
विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको विरोधमा बिहीबार शिक्षण संस्था बन्दको आव्हान गरिएको क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जानकारी दिए । प्रहरीले नरेन्द्र विकलाई हतियारसहित पक्राउ गरिएको भन्दै झुटो मुद्दा लगाएकोले आफ्नो संगठन विरोधमा उत्रन बाध्य भएको उनले बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विकलाई प्रहरीले माघ १८ गते विराटनगर विमानस्थलबाट गोलीसहित पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस