अब कोही पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन पर्दैन : सांसद कृष्णभक्त पोखरेल

शुक्रबार, १८ माघ २०७५, १६ : १६
अब कोही पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन पर्दैन : सांसद कृष्णभक्त पोखरेल

चितवन । चितवन क्षेत्र २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले नयाँ संविधानमा विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क गरेको भन्दै अब कोही पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन नपर्ने भएका छन् । 

प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सांसद पोखरेलले व्यक्ति शिक्षित भएमात्र समाज र देश शिक्षित हुने भन्दै सरकारले शिक्षामा अत्याधिक लगानी गरिरहेको बताए ।

नारायणगढ स्थित आदिकवि भानु माविको स्वर्ण महोत्सव समारोह उद्घाटन समारोहका प्रमुख अतिथि रहेका सांसद पोखरेलले सरकारी विद्यालयको शिक्षा गुणस्तरीय बन्दै गएको र अभिभावकहरुको पनि मन जित्दै गएको बताए । 

‘एउटा विद्यालयमा पढ्न नसक्ने विद्यार्थी अर्को विद्यालयमा अध्ययन गर्न प्रेरित गरिनुपर्छ, सांसद पोखरेलले भने, ‘गुणस्तरीय शिक्षक भए, शिक्षा पनि सुधार हुने र आवश्यक दक्ष जनशक्ति उत्पादन हुनेछ ।’ 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस