बोस्टन कलेज र पुरानो मेडिकल कलेजबीच सम्झौता

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, १२ : ३६
बोस्टन कलेज र पुरानो मेडिकल कलेजबीच सम्झौता

चितवन । बोस्टन इन्टरनेसनल कलेज र पुरानो मेडिकल कलेज (सीएमएस) भरतपुर बीच आपसी सहयोग तथा समन्वयसम्बन्धी एक स्मरण पत्रमा हस्ताक्षर भएको छ । बोस्टन कलेजका तर्फबाट प्राध्यापक राजु तामाङले र पुरानो मेडिकल कलेजका तर्फबाट बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले हस्ताक्षर गरेको हुन् । 
सहमतिअनुसार अबदेखि कार्यान्वयनमा आउने गरी बोस्टन कलेजका विद्यार्थी शिक्षक तथा कर्मचारीले पुरानो मेडिकल कलेजमा अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउनेभएका छन् । विद्यार्थी शिक्षक तथा कर्मचारी परिवारले १० प्रतिशत छुट पाउने छन् । बोस्टन सिएसआर क्लबको आयोजनामा भएको कार्यक्रममा निःशुल्क स्वस्थ्य शिविर पनि गरिएको थियो । शिबिरमा पुरानो मेडिकल कलेजले प्राविधिक सहयोग गरेको थियो ।
शिबिरमा ६०० भन्दा बढी विद्यार्थी शिक्षक तथा कर्मचारीहरुले स्वास्थ्य लाभ लिएका बोस्टन कलेजका सिएसआर क्लब अध्यक्ष निकिता तिमल्सिनाले बताउनुभयो ।
पुरानो मेडिकल कलेजले ३ जना जर्मन स्वास्थ्यकर्मीसहित २० जनाको टिम र निःशुल्क औषधि उपलब्ध गराएको थियो । डेन्टल बिभागबाट डा आभा श्रेष्ठ, डा पप्पुकुमार यादव र डा श्रीजा श्रेष्ठ, स्त्री तथा प्रसूति विभागबाट डा सर्जु दहाल र डा विशाल तिवारी, अर्थो विभागका डा विजय गुप्ता र डा सुरज सिंह, नाक कान घाँटी बिभागबाट डा सबिना राई र डा अमरनाथ झा, जनरल फिजिसियन डा विपुल भगत, डा साकार गुरुङ र डा सुशान्त पण्डितले निःशुल्क परामर्श सेवा प्रदान गरेका थिए ।
कार्यक्रम बोस्टन कलेजका प्राध्यापक राजु तामाङले देशकै प्रतिष्ठित तथा सुबिधा सम्पन्न शिक्षण अस्पतालसँगको सहकार्य गर्दा कलेज लाभान्वित भएको र बोस्टन कलेजले उचाइ प्राप्त गरेको बताउनुभयो । उहाँले आफू पुरानो मेडिकल कलेजप्रति आभारी रहेको बताउनुभयो । 
सन्तोष श्रेष्ठले अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुरानो मेडिकल कलेजका बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले समयमा नै निदानात्मक उपचार पाइने अस्पतालमा पुगेनौँ भने हामीले स्वास्थ्य, पैसा र समय तीन वटा घाटा व्यहोर्नु पर्ने बताउनुभयो । उहाँले समयमै राम्रो सेन्टरमा गएर स्वस्थ्य बचाउन पर्ने कुरा आफूले बुझ्न र अरुलाई बुझाउनु जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस