बढी मूल्य भएका फुटबलरको सूचीमा मेसी दोस्रो स्थानमा छन भने रोनाल्डो ४९ औं स्थानमा

बुधबार, २६ पुस २०७४, १३ : ४५
बढी मूल्य भएका फुटबलरको सूचीमा मेसी दोस्रो स्थानमा छन भने रोनाल्डो ४९ औं स्थानमा

लन्डन । स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वका भ्यालुएबल (मूल्य) भएका फुटबलरको सूचीको ४९औं स्थानमा परेका छन् । पछिल्लो  अध्ययन अनुसार फिफा वर्ष खेलाडी रोनाल्डो इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्टियल र म्यानचेस्टर सिटीका निकोलास ओटामेन्डी भन्दा पनि पछि छन् । ३२  वर्षीया रोनाल्डो भन्दा फेञ्च क्लब मोनाकोका फाबिन्हो भन्दा अघि छन् ।

विश्वका सय भ्यालएल फुटबरको सूचीको शीर्ष स्थानमा फेञ्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार छन् । सूची इन्टरनेसनल सेन्टर फर स्पोट्‌र्स स्टडिजले सार्वजनिक गरेको हो ।

सूचीमा दोस्रो स्थानमा बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी छन् । तेस्रो स्थानमा इंग्लिस फरवार्ड ह्यारी केन छन् ।

शीर्ष स्थानमा रहेका नेइमारको मूल्य २ सय १३ मिलियन युरो रहेको छ । मेसीको मूल्य २०२.२ मिलियन युरो र केनको मूल्य १९४.७ मिलियन युरो रहेको छ ।

४८ खेलाडी भन्दा पछि परेका रोनाल्डो मूल्य ८०.४ मिलियन युरो रहेको छ । युरोपका शीर्ष पाँच लिगका खेलाडीको मूल्य निर्धारणको आधार उमेर, पोजिसन, सम्झौताको अवधि, प्रदर्शन र अन्तर्राष्ट्रिय छविलाई मानिएको जनाइएको छ ।

रोनाल्डो  पछाडि पर्नुको कारण उनको बढ्दै गरेको उमेर, ला लिगामा खस्कदो प्रदर्शन भनिएको छ । रोनाल्डोले सिजनमा ला लिगमा १३ खेल खेल्दा ४ गोल मात्र गर्न सेकेका छन् ।

सय जनाको सूचीमा रोनाल्डो सबैभन्दा उमेर भएका खेलाडी हुन् । सूचीमा ३० वर्ष भन्दा बढी उमेरका रोमाका इडिन जेको र म्यानचेस्टर सिटीका डेभिड सिल्भा छन् ।

सूचीमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेन ९६ मिलियन युरो मूल्यका साथ बढी मूल्य भएको  गोलकिपर बनेका छन् । बढी मूल्य भएको डिफेन्डरमा पनि बार्सिलोनाकै स्यामुयल उम्टिटी १०१ मिलियन युरोका साथ अग्रस्थानमा छन् ।  

सूचीमा शीर्ष दश खेलाडी भित्र प्रिमियर लिगमा पाँच खेलाडी समावेश छन् ।

लिग वानको शीर्ष स्थानमा नेइमार,  ला लिगाको शीर्षमा मेसी,  सिरि एको शीर्षमा पाब्लो डिबाला, बुन्डेस लिगाको शीर्ष स्थानमा रोबर्ट लेवान्डोवस्की र प्रिमियर लिगको शीर्ष स्थानमा ह्यारी केन छन् ।

प्रतिक्रिया दिनुहोस