भानुभक्त माविको स्वर्ण द्धारको शिलान्यास

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, १८ : ४६
भानुभक्त माविको स्वर्ण द्धारको शिलान्यास

चितवन । नारायणगढको आदिकवि भानुभक्त माविको स्वर्ण द्धारको आज शिलान्यास गरिएको छ ।
स्वर्ण द्धारको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्री अधिकारी र भुपु विद्यार्थी समितका अध्यक्ष दिपक नेपालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्री अधिकारीले भुपु विद्यार्थीहरुको काम सराहनीय भएको बताए । विद्यालय प्रवेशद्धार निर्माणले सबैलाई स्वागत गरेको भान आफुलाई भएको बताए । 
करिब सात लाख लागतमा निर्माण गर्न लागिएको स्वर्णद्धारा निर्माणका लागि आवश्यक वजेट भुपु विद्यार्थीहरुबाट नै संकलन गरिने स्वर्ण द्धार निर्माण समितिका संयोजक प्रशान्त पियाले जानकारी दिए । संयोजक पियाले यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु विदेश हुनेले आर्थिक सहयोग र स्वदेशमा नै रहेर निर्माण सम्बन्धी व्यवसाय गरेका विद्यार्थीहरुबाट निर्माण सामाग्री सहयोग लिएर स्वर्णद्धार वनाउन लागिएको बताए । 
आदिकवि भानु मा.वि. नारायणगढले आउदो माघ १५ गते विविध कार्यक्रम सहित स्वर्ण महोत्सव मनाउदै छ । 
 

प्रतिक्रिया दिनुहोस