काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए ।
आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।
उनले भने, ‘यसमा प्रमाण ल्याएर आउनुहुन्छ भने म त कठघरामा उभिन तयार छु । ‘अर्ब/खर्ब भन्द्याछन् जथाभावी । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । मेरो चुनौति हो ।’
उनले अन्य सांसदहरुलाई पनि यो स्तरको आँट राख्न शुभकामना दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ जेठ २०८३, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कर दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छ’: अर्थमन्त्री वाग्ले
‘वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ’: अर्थमन्त्री वाग्ले
बजेटको प्राथमिकता मध्यमवर्गको सुदृढीकरणतर्फ केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी
५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी
असाधारण बजेट कार्यान्वयनको प्रयास गरिएको अर्थमन्त्री वाग्लेको दाबी
पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति