काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज बस्दैछन् । आज अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदन तथा समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै