काठमाडौँ । संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछन् । आज महिला तथा सामाजिक मामिला समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ । बैठकमा समितिका कार्यविधिबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
दुईवटा समितिको बैठक बस्ने बस्दै