अब उपभोक्ताले पाउने छन् सस्तोमा सामान

पत्रपत्रिकाबाट

आइतबार, २० पुस २०८२, ०८ : १४
अब उपभोक्ताले पाउने छन् सस्तोमा सामान

काठमाडौ । सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ । 

भन्सार कार्यालयले राख्ने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन गर्ने र त्यसैको आधारमा भन्सार महसुल सङ्कलन गर्ने परम्परा तोड्दै सरकारले देशैभरका कार्यालयमा वस्तुको प्रचलित कारोबारलाई आधार मानेर मूल्याङ्कन सुरु गरेको छ ।

जसलाई उद्योगी व्यवसायी तथा व्यापार विज्ञले समेत सकारात्मक मानेका छन् । त्यति मात्र होइन यसको कार्यान्वयनमा भन्सारका कर्मचारीलाई थप चनाखो बनाउनुपर्नेमा उनीहरूको जोड छ ।

कारोबार मूल्य लागु हुँदा त्यसको लाभ सरकार, व्यापारी र उपभोक्तासम्मलाई हुने भएकाले सरोकारवाला सबैले यसको स्वागत पनि गरेका छन् ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस