रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०८२, १० : ५१
रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

प्रहरी टोलीले आइतबार अन्दाजी ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन् ।

प्रतिक्रिया दिनुहोस