रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब ८ लाखबराबरको अवैध सामान बरामद गरेको छ ।
यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध सामान, ल्याउन प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाईसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब उपभोक्ताले पाउने छन् सस्तोमा सामान
३ महिनामा २६ करोडको अवैध सामान बरामद