काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् ।
इटालीको रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।
उक्त सम्मेलनपश्चात् परराष्ट्र मन्त्री डा.राणा इटालीको मिलान, जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछन् । उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै
इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीले टिपाए नाम
अव्यवस्थित शहरीकरण विश्वमै समस्या ल्यायो : परराष्ट्र मन्त्री डा. राणा