काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटेलबाट असार १३ गते सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका-८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका-८ बस्ने ४२ वर्षीय सामन यादव छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटेलबाट किनबेच गर्ने तयारी गरिरहेको समयमा ब्राउन सुगर र जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाइल , २ वटा पासपोर्ट तथा नगद १२ हजार १ सय ७५ सहित नियन्त्रणमा लिएको हो ।
उनीहरूले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरूबाट लागू औषध ल्याई काठमाडौँमा बेचबिखन गर्दै आएको बताइएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राउन सुगर जस्तो पदार्थसहित झापाबाट दुई जना प्रहरीको नियन्त्रणमा
जुम्लामा ब्राउन सुगरसहित एक जना पक्राउ