पोखरा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छिन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको बताइन् ।
`श्रद्धेय नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा बनेको यो गठबन्धनले देशलाई स्थायित्व दिएको छ,´ उनले भनिन्, `यसले गर्दा पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पत्याउने वातावरण बनेको छ ।´
देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गरिन् । उनले जलवायु संकटका कारण हिमालहरू काला हुँदै गएको र देशले गम्भीर पर्यावरणीय चुनौती सामना गरिरहेकोमा गहिरो बताएकी छिन् । पोखरामा बगैँचा होटल उद्घाटन गर्दै देउवाले भनिन्, `पछिल्लो पटक मैले हिउँविनाको खैरो (ग्रे) माछापुच्छ्रे देखेँ । आफ्नो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ । अब आउने पुस्ताले हिउँले ढाकिएको हिमाल हेर्न नपाउने हो कि भन्ने डर लागेको छ ।´
उनले नेपालका छिमेकी मुलुकहरूमा देखिएको बाढी र नेपालमा पनि खडेरी तथा अतिवृष्टिको जोखिम बढेको बताइन् । `यो समस्या हाम्रो कारणले मात्र भएको होइन, तर यसको सबैभन्दा ठुलो मार हामीले खेपिरहेका छौँ,´ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा