काठमाडौं । बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, संकेत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १११, एकतर्फी सडकमा सवारी चलाउने ९३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४२ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाहीः २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीबाट चार लाख १७ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन