काठमाडौ । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक कारबाहीबाट चार लाख १७ हजार राजस्व संकलन भएको छ।
दुई हजार २९ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गर्दा चार लाख १७ हजार राजस्व संकलन भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जना चालक कारबाहीमा परेका हुन्।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको ट्राफिकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन