काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।
स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताइन् ।
उक्त नयाँ सुविधा थैलीको दररेट यही जेठ १६ गतेदेखि लागू हुनेछ ।
उनले बोर्डले विगत १० वर्षदेखिको दाबी, सेवा उपभोगसम्बन्धी तथ्यांक विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त दररेट, चिकित्सकीय सान्दर्भिकता, लागत प्रभावकारिता रोगभार तथा स्वास्थ्य प्रणालीको वित्तीय दिगोपनलाई आधार बनाएर सुविधा थैली परिवर्तन गरिएको बताइन् ।
सूचना अधिकारी विकेश मल्लले स्वास्थ्य बोर्डको वित्तीय अवस्था, दायित्व स्वास्थ्य सेवा उपयोगको दर हेरेर दररेट निर्धारण गरिएको बताए । उनले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दररेट परिमार्जन गरेको बताए।
नयाँ दररेटअनुसार औषधिको औषधि व्यवस्था विभाग, प्रयोगशाला परीक्षणको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवाको सरकारी अस्पताललाई आधारमा मानेर तोकिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १३ जेठ २०८३, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा बोर्ड सदस्यबाट हटाइएकी जुनु बैठकमा हाजिर
रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत दिइने
३ सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
स्वास्थ्य बीमा बोर्डले ९० दिनका लागि माग्यो १८० जना मेडिकल अधिकृत