पूर्व सभापति अधिकारीको निधन

बुधबार, ११ पुस २०७५, १४ : १७
पूर्व सभापति अधिकारीको निधन

वालिङ । जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ । 
२०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति हुनुभएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो । 

२०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहनुभएका अधिकारी पटकपटक पक्राउ परी जेल जीवन बिताउनुभएको थियो । नेता अधिकारी नेपाली काङ्ग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस स्याङ्जाको सचिव भएर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्व अधिकारीको आज स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रामनदीधामस्थित राम्दीमा अन्त्येष्टि गरिँदै छ । (रासस)

प्रतिक्रिया दिनुहोस