एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन्। बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू पूरा हुने क्रममा रहेको र निकट भविष्यमा नै यस कार्यलाई पूर्णता दिने बताएका हुन् ।
सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य मेरुदण्ड भाँचेको दाबी गरे । उनले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको र इरानका अधिकांश शीर्ष नेताहरू मारिएको दाबी गरे । ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ। 'अमेरिकाले जितिरहेको छ र यो जित पहिलेको भन्दा निकै ठूलो छ,' उनले भने ।
राष्ट्रपतिले सन् २०२५ जुनमा इरानको आणविक कार्यक्रम लक्षित गरी गरिएको 'अपरेशन मिडनाइट ह्यामर' को चर्चा गर्दै ती आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताए। इरान आणविक हतियार निर्माणको सङ्घारमा पुगेको उल्लेख गर्दै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको पालामा भएको आणविक सम्झौतालाई ठूलो गल्तीको संज्ञा दिए । आफूले सो सम्झौता अन्त्य गर्न पाएकोमा गर्व महसुस गरेको भएको समेत उनको टिप्पणी थियो ।
क्षेत्रीय सुरक्षाका विषयमा बोल्दै ट्रम्पले इजरायल र खाडी मुलुकहरूलाई अमेरिकाले कहिल्यै असफल हुन नदिने आश्वासन दिए। साथै, उनले सहयोगी राष्ट्रहरूलाई हर्मुज जलसन्धिको सुरक्षाका लागि आफैँ अघि बढ्न र साहस जुटाउन आग्रह गरे। अमेरिकालाई अब सो क्षेत्रको तेल वा सुरक्षाको आवश्यकता नरहेको सङ्केत गर्दै उनले अमेरिकी सेना फिर्ता हुन सक्ने तर्फ संकेत गरे।
घरेलु राजनीति र आर्थिक मुद्दामा ट्रम्पले बढ्दो इन्धनको मूल्यका लागि इरानलाई नै दोषी ठहर्याए। उनले भेनेजुएलाको उदाहरण दिँदै त्यहाँ निकोलस मदुरोलाई हटाउन गरिएको सैन्य अपरेशन सफल भएको र अहिले भेनेजुएला अमेरिकासँग व्यापारिक साझेदारका रूपमा रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम
इरान सम्झौता गर्न चाहन्छ, तर म चाहन्नँ : राष्ट्रपति ट्रम्प