जानकी माविले स्वर्ण महोत्सव मनाउने

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०७५, १७ : १०
जानकी माविले स्वर्ण महोत्सव मनाउने

चितवन । भरतपुर–२७ मा रहेको जानकी माध्यमिक विद्यालय मेघौलीले प्राविधिक शिक्षा सञ्चालन गर्न र सञ्चालन भइरहेको साइन्स विषयलाई निरन्तरता दिन पुस १० गतेदेखि स्वर्ण महोत्सव गर्ने भएको छ । 
विद्यालयले आज पत्रकार सम्मेलन गरेर पुस १० गतेदेखि १७ गतेसम्म स्वर्ण महोत्सव मनाउने जनाएको छ । विद्यालयका प्राचार्य दुर्गाप्रसाद सापकोटाले महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जानकारी दिनुभयो । 
उहाँले महोत्सवमा ३ करोड संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महोत्सवमा कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत हुनेछ ।’ पुस १३ देखि १७ गतेसम्म विविध कार्यक्रम गरेर महोत्सवको समापन गरिने प्राचार्य सापकोटाले बताउनुभयो । 
२०२५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १२ सम्म ७१५ जना विद्यार्थी छन् । २०७५ सालदेखि यस विद्यालयले ११ र १२ कक्षामा विज्ञान विषय पढाइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस