काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बौद्ध सम्पदा र लुम्बिनीको विश्वव्यापी प्रचार-प्रसारका लागि नेपाल र दक्षिण कोरियाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।
गृह मन्त्रालयमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताय योङसँग भएको शिष्टाचार भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
भेटमा गृहमन्त्री गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित उद्योग-व्यवसाय र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् ।
साथै, शिक्षा र रोजगारीका लागि कोरिया जाने नेपाली नागरिकको स्वास्थ्य, सुरक्षा तथा स्वदेश फिर्ती व्यवस्थापनसम्बन्धी कोरियाली नीतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राजदूत पार्कले कोरियामा कार्यरत नेपाली नागरिकहरू मेहनती र अनुशासित रहेको उल्लेख गर्दै उनीहरूले त्यहाँको समाजमा सहज रूपमा घुलमिल भई आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेको धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
पद छाडेर मार्ग प्रशस्त गर्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन
सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छः गृहमन्त्री गुरुङ