रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ०३ बैशाख २०८३, १४ : २८
रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । आज बसेको संसदीय दलको बैठकले समितिको सभापतिको उम्मेदवार टुंग्याएको हो ।

सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई राखिएको छ ।

 

कुन समितिमा को ?

१ : कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोट

२ :  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३ : पूर्वाधार विकास समिति– आशिष गजुरेल

४ : महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५ : राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७ :  सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८ : संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९ : उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१० : राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११ :  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२ :  अर्थ समिति– कृष्णहरि बुढाथोकी

 

 

 

प्रतिक्रिया दिनुहोस