पूर्वमन्त्री दीपक खड्का थुनामुक्त गर्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

विहीबार, ०३ बैशाख २०८३, १९ : २५
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

अदालतले खड्कालाई तत्काल रिहा गर्न निर्देशन दिएको छ। साथै, विदेश जानुअघि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने शर्त पनि राखिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका खड्काको पक्षमा उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरिएको थियो।

यसअघि बुधबारको सुनुवाइमा सर्वोच्च अदालतले सम्बन्धित निकायसँग अनुसन्धान फाइल झिकाउन र लिखित जवाफ माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस