काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले विरोध जनाएका हुन्।
‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार र वर्षको ९ करोड ९० लाख हुँदै ५ वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ ।’ उनले अगाडि लेखेका छन्, ‘नाथे स्वकीय सचिव रे !
संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भने यससम्बन्धी प्रक्रिया अघि बढाएको छ । यसले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसद्का स्वकीय सचिवको पद खारेज गरेको थियो । त्यसबेला सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा खोसेको थियो ।
’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ